जलेश्वर, भदौ १५ । भूमि विधेयक विरुद्ध जनता समाजवादी पार्टी नेपाल महोत्तरीको जलेश्वरमा विरोध प्रदर्शन गरेको छ ।

प्रदर्शनको क्रममा जसपानेपालका नेता कार्यकर्ताहरुले भूमि विधेयक फिर्ता लेउ, मधेशलाई मरुभूमि बनाउन पाइदैन , ओली सरकार मुर्दावाद जस्ता नाराहरु लगाएका थिए ।

जलेश्वरको खैराचौकबाट शुरु भएको विरोध प्रदर्शन जलेश्वरको विभिन्न चोकको परिक्रमा गर्दै नगरपालिका चोकमा पुगी कोणसभामा परिणत भएको थियो ।

कोणसभालाई सम्बोधन गर्दै महासचिव रामकुमार शर्माले मधेशमा मधेशीलाई अल्पसंख्यक बनाउन सरकारले भूमि विधेयक ल्याएको बताए ।
चुरे विनाशका कारण मधेश मरुभूमि बन्ने खतरा बढदै गएको बेलामा सरकारले भूमि विधेयकको नाउमा पुनः चुरे विनास गरेर पहाडबाट मान्छे ल्याई मधेशीलाईनै अल्प संख्यक बनाउने प्रयास गरि रहेको बताए ।

राणा र महेन्द्रले मधेशमा मधेशीलाई अल्पसंख्यक बनाउन अपनाएको नीति ओली सरकारले समेत पुनरावृति गरेको उनको कथन थियो ।
अर्को प्रसंगमा महासचिव शर्माले जसपा नेपालले भूमि विधेयकको विरोध गर्दै अध्यक्ष उपेन्द्र यादवलाई १९ वर्ष पुरानो गौर घटनामा फँसाउने षडयन्त्र समेत गरि रहेको बताए ।

जिल्ला अध्यक्ष रामनरेश रायको अध्यक्षतामा भएको कोणसभामा केन्द्रिय कोषाध्यक्ष सुरिता साह, कार्यकारिणी सदस्य हरिनारायण यादव, डा. सुरेन्द्र यादव सहितकाले सम्बोधन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस् !
सम्बन्धित खवर
ताजा समाचार !

धेरै पढिएको !