जनकपुरधाम, २३ असोज । नेपाली काँग्रेसका प्रभावशाली नेता एव मधेश प्रदेश सभा सदस्य राम सरोज यादव एमाले संगको सत्ता सहकार्य काँग्रेसको लागि घातक हुने बताएका छन ।
मधेश प्रदेशमा सरकार गठनका लागि एमाले र जनमत पार्टीको समर्थनमा काँग्रेसले प्रदेश प्रमुख समक्ष दावी पेश गरेको केही घण्टा नवित्दै नेता यादवले मधेश टुडे संग कुरा गर्दै एमाले संग सरकार गठनको पक्षमा आफु नरहेको प्रतिक्रिया दिएका हुन ।
केन्द्रमा एमाले संग कै सहकार्यका कारण काँग्रेसलाई ठुलो क्षति बेहर्नु परेको दावी गर्दै नेता यादवले मधेश प्रदेशमा एमाले संग सरकार गठन भए काँग्रेसलाई थप क्षती बेहर्नु पर्ने बताएका हुन ।
उनले संसदीय दलले काँग्रेसको नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरे पनि एमाले संग गर्ने भने विषयमा निर्णय नभएको र अगामी बैठकमा यस विषयमा आफनो कुरा राख्ने बताए ।
उनले भने,‘ एमाले संग सरकार गठन गर्नु हुँदैन त्यस पक्षमा हामी शुरु देखी नै छौ, संसदीय दलको अगामी बैठकमा आफनो कुरा राख्छौ ।
यस अघि काँग्रेस नेता शेखर कोइरालाले समेत एमाले संग सहकार्य अन्त गर्नु पर्नेमा जोड दिएका थिए ।





