जनकपुरधाम, २९ असोज । दलित, पिछडावर्ग, थारु, आदिवासी र अल्पसंख्यक (डोटिम) परिसंघको केन्द्रीय संयोजक चन्देश्वर पासमानले राजनैतिक रुपले पछाडि पारिएका सबैलाई एक हुन आग्रह गरेका छन् ।

बुधबार जनकपुरधाम आयोजित पत्रकार सम्मेलनमा संयोजक पासमानले मन्त्री वा सांसद् बन्नका लागि होइन, सबैको अपनत्त्व हुनेगरी डोटिम परिसंघ सरकार प्रमुखका लागि स्थापना गरिएको बताए ।

डोटिम परिसंघमा आवद्ध समुदायलाई जहिल्यै पनि राजनैतिक मूलधारबाट पछि हट्न बाध्य बनाइन्छ, अब परिसंघ अघि बढ्ने र देशमा बन्ने जुनसुकै सरकारको नेतत्त्व गर्नेमा विश्वास व्यक्त गर्दै परिसंघमा आवद्ध हुन सबैलाई आह्वान गरे ।

त्यस्तै, परिसंघका महासचिव शशि मियाँ कपूरले नेपालका सबै राजनीतिक दलले परिसंघमा पर्ने कलस्टरमा संगठन खोलेका छन् । तर, उनीहरुले ती संघ संगठनमा आवद्ध सदस्यहरुलाई मूलधारमा कहिल्यै आउन दिएका छैनन् । यो परिसंघले राजनीतिक संगठनमा लागेर पनि अवसरबाट बञ्चित हुनु परेका समुदायलाई अग्रसर हुन सहयोग पुग्ने बताए ।

शोषण, अन्याय र अत्याचारमा परेका समुदायको आवाज बुलन्द पार्न परिसंघ अगाडि बढेको बताउँदै अब आउने दिनमा प्रदेश र जिल्लास्तरमा पनि विस्तार गर्ने जनाए ।

https://kpkhabar.com/wp-content/uploads/2025/10/IMG-20251015-WA0021.jpg

त्यस्तै परिसंघका कल्पनाकार तथा प्रमुख सल्लाहकार पीके ठाकुरले राजनीतिक दलले प्रयोग गरेर अन्ततः अवसरबाट बञ्चित गरी हिंसाको सिकार बनाइएका समुदायलाई फ्रन्टलाईनमा ल्याउन कुनै कसर बाँकी नराख्ने बताए ।

त्यसैगरी संख्याका आधारमा जसको जति भागिदारी उसको त्यत्ति हिस्सेदारी चाहिन्छ भनेर परिसंघको स्थापना गरिएको जनाउँदै ‘आवाज दो, हम एक है’ नारा भएको परिसंघ आवद्ध सम्पूर्ण समुदायलाई एक हुन जरुरी रहेको बताए ।

सम्मेलनमा परिसंघका केन्द्रीय सदस्य रसना यादवले देशको संवैधानिक व्यवस्थामा प्रत्यक्ष निर्वाचित र समानुपाति दुवै तबरले एउटै समुदाय विशेषले ठाउँ ओगटेको र हामीलाई पार्टीको नाममा मत लिएर पनि अवसर नदिएको बताइन् ।

प्रतिक्रिया दिनुहोस् !
सम्बन्धित खवर
ताजा समाचार !

धेरै पढिएको !