काठमाडौं , ४ कात्तिक । गृहमन्त्री ओमप्रकाश अर्याल एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई कानूनले ठाँउमा ल्याउने बताएका छन ।
एक अनलाइन संगको कुराकानीमा गृहमन्त्री अर्यालले जेनजी आन्दोलन सम्बन्धित घटनाको छानविन गर्न सरकारले बनाएको जाँचबुझको आयोगको अस्तित्व स्वीकार नगरे कानुनले ठाउँमा ल्याउँने बताएका हुन ।
गृहमन्त्री अर्यालले भने, ‘ उहाँ (केपी ओली) सुपर सिटिजन त होइन । पूर्वराजा आफैंले ‘पूर्व–राजा’ भनेर लेख्नुहुन्छ । त्यत्रो इतिहास भएको राजसंस्थाको राजा त सामान्य नागरिक हो भनिरहनुभएको छ । अब केपी ओलीजीलाई ‘म कानुनभन्दा माथि छु’ भन्ने लागेको होला । तर कानुनको दायरामा ल्याएर छाडिन्छ । जाँचबुझ आयोगको अस्तित्व अस्वीकार गर्नुभयो भने उहाँलाई कानुनले ठाउँमा ल्याउँछ ।’
ओलीले आफूलाई नेपालको नागरिकको रुपमा जुनुसुकै स्थानमा हिँडडुल गर्न रोक्ने नसक्ने भन्दै सरकारलाई रोकेर देखाउन चुनौती दिएका थिए । तर गृहमन्त्री अर्याललेले यो विषयमा ओलीले अफवाह फैलाएको दाबी गरेका छन् ।
यस्तै ओलीलाई उपत्यका छाड्नका लागि सरकारले नभई जाँचबुझ आयोगले रोकेको गृहमन्त्रीको भनाइ छ।
ओलीले आफूलाई नेपालको नागरिकको रुपमा जुनुसुकै स्थानमा हिँडडुल गर्न रोक्ने नसक्ने भन्दै सरकारलाई रोकेर देखाउन चुनौती दिएका थिए । तर गृहमन्त्री अर्याललेले यो विषयमा ओलीले अफवाह फैलाएको दाबी गरेका छन् । उनले ओली यो मुलुकका विशेष नागरिक नरहेकाले समान्य नागरिक सरह सरकारले व्यवहार गर्ने बताए ।





