काठमाडौं, ४ कार्तिक । जेनजी आन्दोलनका क्रममा पूर्वराष्ट्रपति विद्या भण्डारीको घरजलाएको आरोपमा सोनम थेवे पक्राउ परेका छन् ।
चक्रपथ, महाराजगन्ज क्षेत्रका विभिन्न हुलहुज्जतपूर्ण गतिविधिमा सक्रिय थेवे २४ गते भंगालस्थित पूर्वराष्ट्रपति भण्डारीको घर तोडफोड तथा आगजनीमा संलग्न रहेको जिल्ला प्रहरी परिसर काठमाडौंले बताएका छन ।
उनी गुण्डा नाइके चक्रे मिलन समूहका हुन् । प्रहरीले उनलाई आइतबार पक्राउ गरेको हो ।
उनले धुम्बराही क्षेत्रका व्यवसायीहरुलाई धाक धम्की दिइ रकम असुल गर्ने गर्दै आएका थिए । गुण्डागर्दीमा सलंग्न थेवे पटके गुण्डा समेत हुन् ।





