पचरौता १२, बारा । पचरौता नगरपालिकामा जनता समाजवादी पार्टी (जसपा) नेपालको पार्टी प्रवेश कार्यक्रम आज सम्पन्न भएको छ।
नगरपालिकाको विभिन्न वडाबाट आएका स्थानीय नागरिकहरू औपचारिक रूपमा जसपा नेपालमा प्रवेश गरेका छन्।
कार्यक्रममा जसपा नेपालका केन्द्रीय तथा प्रदेशस्तरीय नेताहरूको उपस्थितिमा नयाँ सदस्यहरूलाई पार्टीको टोपी र माला लगाएर स्वागत गरिएको थियो।
नेताहरूले पार्टी प्रवेशलाई संगठन सुदृढीकरण र जनताको हक अधिकारका लागि महत्त्वपूर्ण कदम भनेका छन्।
पार्टी प्रवेश कार्यक्रममा स्थानीय जनप्रतिनिधि, कार्यकर्ता तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो।





