जनकपुरधाम, १३ कात्तिक । धनुषाको धनुषाधाम नगरपालिका वडा–८ मा खुल्ला कुस्ती प्रतियोगिता सम्पन्न भएको छ ।

कुम्हरा युवा क्लबको आयोजनामा छठ पर्वको अवसर पारेर प्रत्येक वर्ष गरिँदै आएको सो प्रतियोगिता यसवर्ष पनि गरिएको हो ।

दुई दिनसम्म चलेको प्रतियोगितामा सिरहा, धनुषा र महोत्तरीका दिग्गज पहलवान (कुस्तीवाज) हरुले कुस्ती लडेका थिए ।

सो प्रतियोगिता संचालन गर्न यसक्षेत्रका विभिन्न शैक्षिक संस्था लगायत व्यापारीहरुले सहयोग गरेका थिए । सोही क्रममा श्री बुद्ध पाठशाला धारापानीका संस्थापक/प्रिन्सिपल रामपुकार यादव, व्यापारी सोनेलाल नायक, क्रियटिभ स्कुल, संराइज स्कुल, भिजन एकेडेमी, सुपरसेन्स स्कुल र मिथिला समाजका प्रतिनिधिहरूलाई क्लबले सम्मान गरेको थियो ।

क्लबका अध्यक्ष समेत रहेका पत्रकार मुकेश कुमार ठाकुरको अध्यक्षतामा प्रतियोगिता तथा सम्मान कार्यक्रममा नेकपा एमाले सल्लाहकार परिषद सदस्य तथा श्री प्रगतिशील आधारभूत विद्यालय व्यवस्थापन समिति अध्यक्ष असर्फी भिन्वार यादव, माओवादी केन्द्र धनुषा सह–इन्चार्ज झल्कु भिन्वार यादव, जगदीश यादव, मंचु यादव, पवन यादव, लक्षमण यादव, मनोज बनरैत, सरोज यादव, सनित यादव लगायतको विशेष उपस्थिति रहेको थियो ।

प्रतियोगिता हेर्न स्थानीयहरुको घुँइचो लागेको थियो । क्लब आगामी दिनमा पनि कुस्ती प्रतियोगितालाई निरन्तरता दिने क्लबका अध्यक्ष ठाकुरले जनाए ।

प्रतिक्रिया दिनुहोस् !
सम्बन्धित खवर
ताजा समाचार !

धेरै पढिएको !