चितवन, १३ कात्तिक । गएराति चितवनमा पार्किङ गरी राखिएको ट्रकमा दुईवटा यात्रुबाहक बस ठोकिँदा ३३ जना घाइते भएका छन्। सबै घाइतेको परिचय सार्वजनिक गरिएको छ।

दुर्घटना गएराति करिब पौने २ बजे भरतपुर महानगरपालिका–९ टिकौली जंगल नजिक भएको हो। इँटा लोड गरेर सडक छेउमा पार्किङ गरिएको ना ६ ख ८१३ नम्बरको ट्रकमा सुरुमा गौरबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०३–००१ ख ०१२३ नम्बरको डल्फिन यात्रुबाहक बस ठोक्किएको थियो। त्यसपछि सोही दिशाबाट आइरहेको जनकपुरबाट काठमाडौंतर्फ जाँदै गरेको बा.प्र.०३–००१ ख ३९०२ नम्बरको रुद्राक्ष यात्रुबाहक बस पनि सोही ट्रकमा ठोक्किँदै दुर्घटना भएको हो।

सशस्त्र प्रहरी बलका सह–प्रवक्ता शैलेन्द्र थापाका अनुसार दुर्घटनापछि बस सडकमै पल्टिँदा केही समयका लागि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको थियो। सशस्त्र प्रहरी बल गण नं. १७ आँपटारी चितवनको टोलीले घाइते यात्रुलाई उद्धार गरी चितवनका विभिन्न अस्पतालहरूमा पु¥याएको थियो।

घाइतेमध्ये १५ जना चितवन मेडिकल कलेजमा, १३ जना नेशनल सिटी अस्पतालमा र ५ जना भरतपुर अस्पतालमा उपचाररत छन्।

दुर्घटनामा परेका सवारी साधनलाई क्रेनको सहयोगमा हटाएपछि आज बिहान करिब ३ बजेबाट सडकमा पुनः यातायात सञ्चालन भएको प्रहरीले जनाएको छ।
यसैबीच, रुद्राक्ष बसका चालक धनुषा जिल्ला सहिद नगरपालिका–४ का ४३ वर्षीय कृष्ण मण्डललाई प्रहरीले नियन्त्रणमा लिएको छ।

चितवन मेडिकल कलेजमा रहेका घाइते

१. सार्थक बाबु श्रेष्ठ (२०), उदयपुर त्रियुगा–१० – खुट्टामा चोट (डल्फिन)
२. सदाकत मियाँ (३९), जनकपुर–१७ – टाउकोमा चोट (रुद्राक्ष)
३. नरेन्द्र शाह (५२), जनकपुर – टाउकोमा चोट (रुद्राक्ष)
४. मुकेश कुमार केसरी (४१), गौर–५ – खुट्टा र टाउकोमा चोट (डल्फिन)
५. समिर अन्सारी (१७), जनकपुर–७ – खुट्टा र हातमा चोट (रुद्राक्ष)
६. गीता देवी यादव, पिपरा–१ – निधारमा चोट (रुद्राक्ष)
७. कृष्णकुमार साह (४१), राजदेवी–१ – अनुहारमा चोट (डल्फिन)
८. बसन्त झा (४६), जनकपुर–१ – खुट्टामा चोट (रुद्राक्ष)
९. मुकेश लाल कर्ण (४९), जनकपुर–४ – सामान्य अवस्था
१०. अन्जु कर्ण (३४), जनकपुर–४ – सामान्य अवस्था
११. आरुष कर्ण, जनकपुर–४ – सामान्य अवस्था (रुद्राक्ष)
१२. राम श्रेष्ठ (३७), पिपरा–१ – सामान्य अवस्था (डल्फिन)
१३. अनिकेत कुमार साह (२०), राजदेवी–१ – सामान्य अवस्था (डल्फिन)
१४. आरभ मिश्र (११), बृन्दावन–३ – टाउकोमा चोट (डल्फिन)
१५. विद्या चौधरी (१९), लक्ष्मीनिया–४ – मध्यम अवस्था (रुद्राक्ष)

नेशनल सिटी अस्पताल, भरतपुरमा रहेका घाइते

१. आदित्य कुमार सिंह (२०), जलेश्वर–५ – सामान्य (रुद्राक्ष)
२. रेखा सिंह (४३), जलेश्वर – सामान्य
३. अञ्जली सिंह (२१), जलेश्वर – सामान्य
४. सुनिल प्रसाद (३२), मोतिहारी – सामान्य (डल्फिन)
५. सुभद्रा कुमारी चौधरी (२५), मोतिहारी – सामान्य
६. प्रिया जैशवाल (७), मोतिहारी – सामान्य
७. कृती जैशवाल (४), मोतिहारी – सामान्य
८. आलोक कुमार राउत (२८), जनकपुर–८ – सामान्य
९. मोनु कुमार महतो (२१), राजदेवी–२ – सामान्य
१०. गम्भिरादेवी ठाकुर (६६), गौर–९ – सामान्य
११. बिजय साह (५०), गरुडा–७ – सामान्य
१२. उर्मिला कुमारी साह (४०), गरुडा–७ – सामान्य
१३. सुनिता देवी मिश्र (६२), बृन्दावन–३ – मध्यम अवस्था

भरतपुर अस्पतालमा रहेका घाइते

१. राजकिशोर दास (३०), दुर्गावती–२ – सामान्य
२. राजु दास (२५), दुर्गावती–२ – सामान्य
३. महमद साहेब (२२), मोतिहारी – सामान्य
४. रोशी कुमार साह (१९), माधवनारायण–५ – सामान्य
५. दिव्या चौधरी (१९), लक्ष्मीनिया–४ – मध्यम अवस्था

प्रतिक्रिया दिनुहोस् !
सम्बन्धित खवर
ताजा समाचार !

धेरै पढिएको !