काठमाडौं, १५ कात्तिक  । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गतेका लागि निर्धारण गरिएको निर्वाचन सफल बनाउन सबैको साथ र सहयोग आवश्यक रहेको बताएकी छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार विभिन्न सञ्चार माध्यमका सम्पादकसँग राजनीतिक विषय, निर्वाचन तयारी र सरकारको काम कारवाहीबारे छलफल गरिएको थियो। प्रधानमन्त्री कार्कीले सरकारका तर्फबाट निर्वाचनका लागि आवश्यक वातावरण बनाउने प्रयास भइरहेको र क्रमशः वातावरण बन्दै गएको जानकारी दिएकी छन्।

प्रधानमन्त्री कार्कीले भनिन् कि सबैलाई विश्वासमा लिएर निर्वाचन सम्पन्न गरिने र नयाँ सरकारलाई जिम्मा लगाएर विदा हुने उनको उद्देश्य रहेको छ। उनले राजनीतिक दललाई निषेध गरेर नभई उत्साहपूर्वक सहभागिता गराएर निर्वाचन सम्पन्न गर्ने कुरामा जोड दिएकी छन्।

यस अवसरमा प्रधानमन्त्रीसँगै अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जा मन्त्री कुलमान घिसिङ, गृहमन्त्री ओमप्रकाश अर्याल, कानुनमन्त्री अनिलकुमार सिन्हा, र सञ्चार मन्त्री जगदीश खरेल पनि उपस्थित थिए।

प्रधानमन्त्री कार्कीले आफू असहज परिस्थितिमा सरकारको नेतृत्वमा रहे पनि आलोचनाबाट नडराउने स्पष्ट पारेकी छन्।

प्रतिक्रिया दिनुहोस् !
सम्बन्धित खवर
ताजा समाचार !

धेरै पढिएको !