दाङ, १५ कात्तिक । जेनजी आन्दोलनका क्रममा तुलसीपुर कारागारबाट फरार भएका कैदीबन्दीमध्ये १ सय ५५ जना पक्राउ परेका छन्। तीमध्ये १ सय ४५ जना कैदी र १० जना थुनुवा रहेका दाङका प्रहरी प्रवक्ता डिएसपी चक्रबहादुर शाहले जानकारी दिएका छन्।

भदौ २४ गते तुलसीपुर कारागारबाट २ सय ३३ जना कैदी र २० जना थुनुवा गरी २ सय ५३ जना कैदीबन्दी फरार भएका थिए। पक्राउ परेकामध्ये १५ जना कैदी र ७ जना थुनुवा जिल्ला बाहिरबाट नियन्त्रणमा लिइएका हुन्।

हालसम्म पक्राउ परेका १५५ जना कारागारमा फर्काइएका भए पनि ७६ जना अझैँ फरार छन्। फरारमध्ये ७३ जना कैदी र ३ जना थुनुवा रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

फरार हुनेमध्ये कर्तव्यज्यान, लागुऔषध, जबरजस्ती करणी, डाँका र चोरीजस्ता गम्भीर अपराधमा संलग्न व्यक्तिहरू पनि रहेको प्रहरीले जनाएको छ।

यसैबीच, अन्य जिल्लाका कारागारबाट भागेर दाङ पुगेका २४ जना कैदीबन्दीलाई पक्राउ गरी सम्बन्धित जिल्ला कारागार पठाइएको छ। फरार कैदीबन्दीको खोजीका लागि विशेष प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

प्रतिक्रिया दिनुहोस् !
सम्बन्धित खवर
ताजा समाचार !

धेरै पढिएको !