काठमाडौं, १६ कात्तिक । लगातारको वर्षा र पहिरोका कारण तीन दिनदेखि अवरुद्ध भएको बीपी राजमार्ग आजदेखि पुनः सञ्चालनमा आएको छ।

बीपी राजमार्ग अन्तर्गत काभ्रेको चौकीडाँडा–नेपालथोक सडकखण्डका विभिन्न स्थानमा पहिरो र लेदो हटाएपछि राजमार्गमा सवारीसाधन सञ्चालनमा आएको हो।

डिभिजन सडक कार्यालय भक्तपुरका प्रमुख डिभिजनल सिनियर इञ्जिनियर सुमन योगेशका अनुसार पहिरो हटाइएका स्थानमा अस्थायी ‘डाइभर्सन’ निर्माण गरी बिहानदेखि गाडी चल्न थालेका छन्।

उनका अनुसार अझै पनि केही स्थानमा जोखिम कायम रहेको हुँदा सावधानीपूर्वक सवारी सञ्चालन गर्न अनुरोध गरिएको छ।

प्रतिक्रिया दिनुहोस् !
सम्बन्धित खवर
ताजा समाचार !

धेरै पढिएको !