काठमाडौं, १८ कात्तिक  । रुपन्देहीमा सञ्चालनमा रहेका चार उद्योगले नेपाल विद्युत प्राधिकरणलाई प्रिमियम महसुलको बक्यौता रकम बुझाएपछि काटिएको विद्युत् लाइन पुनः जडान गरिएको छ।

भैरहवा क्षेत्रमा रहेका पञ्चकन्या प्लाष्टिक उद्योग, पञ्चकन्या स्टील इण्डस्ट्रिज, सिद्धार्थ पेटप्लान्ट र श्याम प्लास्टिकले सोमबार बक्यौताको पहिलो किस्ता तिरेका हुन्। बक्यौता तिरेसँगै ती उद्योगहरूको विद्युत् आपूर्ति पुनः सुरु गरिएको प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले जानकारी दिएका छन्।

उनीहरूका अनुसार, उद्योगहरूले २०७२ माघदेखि २०७५ वैशाखसम्म डेडिकेटेड तथा ट्रंक लाइन प्रयोग बापतको प्रिमियम महसुल तिर्न बाँकी राखेका थिए।

बक्यौताअनुसार, पञ्चकन्या प्लाष्टिक उद्योगले रु २४ लाख ६३ हजार, पञ्चकन्या स्टीलले रु ५२ लाख १९ हजार, सिद्धार्थ पेटप्लान्टले रु १ करोड ८३ लाख, र श्याम प्लास्टिकले रु ४९ लाख १० हजार तिर्नुपर्ने थियो।

नेपाल विद्युत प्राधिकरणले बक्यौतालाई २८ किस्तामा विभाजन गरेको छ, जसअनुसार उद्योगहरूले पहिलो किस्ता तिरेका हुन्।

प्रतिक्रिया दिनुहोस् !
सम्बन्धित खवर
ताजा समाचार !

धेरै पढिएको !