जनकपुरधाम, २७ कात्तिक  । मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलमाथि अविश्वासका प्रस्ताव दर्ता गराउन गएका सांसदमाथि सभामुखले हातपात गरेका छन् । उप–सभामुख समक्ष अविश्वासको प्रस्ताव दर्ता गराए फर्किरहेका सांसदहरुलाई सभामुख मण्डल र उनका कार्यकर्ताहरुले हातपात गर्नुका साथै कर्यांलाई बन्धक बनाएका जनता समाजवादी पार्टी (जसपा) नेपालका सचेतक रामअशिष यादवले जानकारी दिएका छन् ।

सभामुख रामचन्द्र मण्डलविरुद्ध अविश्वास प्रस्ताव दर्तासँगै मधेश प्रदेशसभाभित्र कोलाहल उत्पन्न भएको छ । सभामुख मण्डल र एमाले सांसदले सात दलका सांसदमाथि हातपात गरेका छन् ।

सभामुखको बचाउमा गएका नेकपा एमालेका नेता(कार्यकर्ताहरू र अविश्वास प्रस्ताव दर्ता गर्न गएका सात दलका सांसदबीच टकराव भएको थियो । त्यस क्रममा सभामुखले आफ्नै सचिवालयभित्र लोसपाका उपेन्द्र महतो र जनमतका महेश यादवलाई पिटेका हुन् । एमाले नेता कार्यकर्ताले सात दलका अन्य सांसदहरूलाई पनि हातपात र दुर्व्यवहार गरेका छन् ।

सभामुखको सचिवालयबाहिर प्रहरीले बाहिरबाट ताल्चा लगाइदिएको छ भने कर्मचारीले बत्ती बन्द गरिदिएका छन् । अहिले सात दलका सांसदहरू बन्धकजस्तै भएको स्रोतले बताएको छ । सात दलका नेता कार्यकर्ता र सभामुखको बचाउमा रहेकाहरूबीच धकेलाधकेल जारी छ ।
थुनिएका सांसदहरूलाई निकाल्न र बाहिरबाट थप भित्र नछिरुन् भनेर थप सुरक्षाकर्मी मगाइएको छ ।

प्रतिक्रिया दिनुहोस् !
सम्बन्धित खवर
ताजा समाचार !

धेरै पढिएको !