जनकपुरधाम, २८ कात्तिक । मधेश प्रदेशसभाका पाँच सांसदलाई पदमुक्त गरिएको सम्बन्धि सभामुख रामचन्द्र मण्डलको पत्रलाई उपसभामुख बबिता इसरले बदर गरेकी छन ।

उपसभामुख बबिता इसरले पत्र सार्वजनिक गर्दै सभामुख मण्डल विरुद्ध मधेश प्रदेशसभा कार्य संचालन नियमावली २०७५को उपनियम २(क) बमोजिम पद अनुकुल आचरण नगरेको भने प्रस्ताव उपसभामुख समक्ष पेश भइ सकेको र सो को उपनियम ३ बमोजिम छलफलका लागि मिति समय तय हुन बाँकी रहेको अवस्थामा प्रस्तावको प्रधिरोध स्वरुप सभामुखले आवेगमा निर्णय गरेको जनाएको छ ।

उनले मधेश प्रदेश सभाको पछिल्लो बैठकमा पदमुक्त सम्बन्धि सूचना गरिएको पत्रमा उल्लेख रहेका प्रदेशसभा सदस्यहरु उपस्थित रहेको देखिएकोले पदमुक्त सम्बन्धि सूचना बदर गरिएको जानकारी गराएका छन ।

पछिल्लो बैठकमा सबै प्रदेश सांसद उपस्थित रहेकाले सभामुखले पदमुक्त सम्बन्धि गरेको पत्राचार कानून सम्मत नरहेको अधिवक्ता डा. सुनिल रंजन सिंहले मधेश टुडेलाई बताएका छन । उनले उल्लेखित प्रदेश सांसदहरु १० वटा बैठकमा अनुपस्थित रहेको भए त्यहि बेला पदमुक्त हुनु पर्नेमा पछिल्लो बैठकमा उपस्थित भइ सकेपछि पदमुक्त हुन नसक्ने जिकीर गरेका छन ।

मुख्यमन्त्रीको असंवैधानिक नियुक्ती विरुद्ध आन्दोलनरतसात दलले मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल विरुद्ध प्रदेशसभामा महाअभियोग दर्ता गराए पछि आक्रोशित सभामुखले पाँचजना सांसदलाई पदमुक्त गरेको पत्र सार्वजिनक गरेको थियो ।

महाअभियोग दर्ताका लागि प्रदेशसभा पुगेको प्रदेश सांसदहरुलाई नै केही बेर थुनेर आक्रोश प्रर्दशन गरेका सभामुख मण्डलले त्यस लगतै लगातार १० बैठकमा अनुपस्थित रहेको भन्दै मधेश प्रदेशका पाँच जना सांसद पदमुक्त गरेको पत्र सार्वजनिक गरेका थिए ।

सभामुख मण्डलले लगातार १० पटक प्रदेशसभा बैठकमा अनुपस्थित भएको आधारमा सांसद उर्मिला देवी सिंह, मनिष कुमार सुमन, संजय यादव, सिंहासन कलवार र सारदा शंकर प्रसाद कलवारलाई पदमुक्त गरेको पत्राचार गरेका हुन ।

पदमुक्त गरिएको सूचना सभामुखले २०८२।०७।२७ गते जारी गरेका छन् र यसले उक्त सांसदहरूको स्थान रिक्त भएको उल्लेख छ।

प्रतिक्रिया दिनुहोस् !
सम्बन्धित खवर
ताजा समाचार !

धेरै पढिएको !