भागचरण यादव
जनकपुरधाम २९ कार्तिक । जनकपुरधाम उपमहानगरपालिका–१४ मा मतदाता नामावलीमा नाम छुटेका नागरिकहरूका लागि अनलाइन नाम दर्ता सेवा सुरु भएको छ। लाइन्स क्लब जनकपुरधाम ,लाईन्स कल्ब गारगी र लियो कल्ब अफ जनकपुरधामको संयुक्त योजना प्राविधिक सहयोगमा सञ्चालन भएको यो सेवाले वडाबासीलाई आफ्नै वडामा बसेर सजिलै मतदाता नाम दर्ता गराउन सक्ने सुविधा उपलब्ध गराएको छ।
वडा कार्यालयमा बिहानै ११ बजे देखि स्थानीयवासीहरूको भीड लागेको छ। नागरिकता र राष्ट्रिय परिचयपत्र लिएर आएका नागरिकलाई कम्प्युटर अपरेटरहरूले क्रमशः विवरण दर्ता गराइरहेका छन्। महिलादेखि युवा र वृद्धसम्म सेवा लिन उपस्थित भएका कारण वडाको वातावरण निकै चहलपहलपूर्ण देखिएको छ।
वडाध्यक्ष पुण्य प्रताप यादवका अनुसार, “मतदाता नामावली अद्यावधिक गर्न स्थानीयस्तरमै सहज वातावरण बनाउन यो अभियान सञ्चालन गरिएको हो। सबै वडाबासीले आवश्यक कागजातसहित उपस्थित भएर समयमै नाम दर्ता गराउन आग्रह गर्दछु,” उनले बताए।
स्थानीय संघ–संस्थाहरूको सहकार्यमा अगाडि बढाइएको यो सेवाले वडामा छूटिएका मतदाताको नाम दर्ता र अद्यावधिक प्रक्रियालाई प्रभावकारी बनाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ। लायन्स क्लब अफ जनकपुरधाम, लायन्स क्लब अफ जनकपुरधाम गर्गी तथा लियो क्लब अफ जनकपुरधाम क्यापिटलको संयुक्त आयोजनामा जनकपुरधाम–१४ मा मतदाता नामावली दर्ता
कार्यक्रममा लायन्स क्लब अफ जनकपुरधामका पूर्व अध्यक्ष विद्याकर प्रसाद साह, गोपाल प्रसाद साह (MJF)सदस्य लक्ष्मी नारायण साह, लायन्स क्लब अफ जनकपुरधाम गर्गीका अध्यक्ष तथा लियो क्लबका प्रमुख सल्लाहकार आशा कुमारी साह, सचिव सरिता साह, सदस्य प्रवीण ठाकुर, वडा नं. १४ का पूर्व वडाध्यक्ष श्री प्रसाद यादव, स्थानीय समाजसेवी रामप्रबोध यादवलगायतको उल्लेखनीय सहभागिता रहेको थियो।
आयोजकका अनुसार कार्यक्रमको मुख्य उद्देश्य जनकपुरधाम उपमहानगरपालिका–१४ का वडावासीलाई अनलाइनमार्फत मतदाता नामावली दर्ता तथा विवरण संशोधनमा सहजीकरण गर्नु थियो।
समाजसेवी राम प्रमोध यादव र वडाध्यक्ष श्री पुण्य प्रताप यादवको पहलमा सञ्चालन गरिएको यस अभियानमार्फत नागरिकहरूले निःशुल्क सेवा सहित आवश्यक प्राविधिक सहयोग प्राप्त गरेका थिए। कार्यक्रमले मतदान अधिकारप्रति स्थानीयवासीको पहुँच अझ सहज र व्यवस्थित बनाएको जनाइएको छ।





