मिर्चैया, १८ मंसिर । सिरहाको रामनगर मिर्चैया उद्योग वाणिज्य संघको दोेस्रो साधारणसभा भोलि (शुक्रबार) हुने भएको छ ।

अनिश्चित् जस्तै देखिने संघको अधिवेशनको बाटो खुलेपछि साधारणसभा हुने भएको हो ।

विगत ९ वर्षदेखि बन्दी बनाइएको अवस्थामा रहेको वाणिज्य संघको साधारणसभा हुने भएपछि उद्योगी, व्यापारी तथा व्यावसायीहरु हर्षित् भएका छन् ।

संघ अन्तर्गत मिर्चैया नगरपालिका, कल्याणपुर नगरपालिका र कर्जन्हा नगरपालिकाका उद्योगी, व्यापारी तथा व्यावसायीहरु आवद्ध छन् ।

करिब १७ वर्षअघि स्थापना गरिएको संघमा हालसम्म २ जना अध्यक्षहरुले चलाएका छन् ।

यस क्षेत्रका व्यावसायी र नेतृत्त्वबीच लामो रस्साकस्सीपछि अधिवेशन हुने निश्चित् भएको छ ।

अब तेस्रो कार्यकालका लागि हुने अधिवेशनमा कडा प्रतिस्पर्धा हुने बुझिएको छ । यस क्षेत्रका व्यावसायीहरुले नेतृत्त्व लिएर घरमा गएर सुत्ने खालका होइन, व्यापार–व्यावसायलाई राम्ररी बुझेका तथा व्यावसायीहरुलाई सहयोग गर्न सक्ने खालका युवा पुस्तालाई नेतृत्त्व दिन खोजिरहेको बुझिएको छ ।

साधारणसभा मिर्चैयाको कटारीचोक स्थित रामजानकी होटेलमा बिहान ११ बजेबाट स्ुरु हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस् !
सम्बन्धित खवर
ताजा समाचार !

धेरै पढिएको !