सिरहा, २२ मंसिर  । कर्जन्हा नगरपालिका–२ मा एक १७ वर्षीया युवती मृत अवस्थामा फेला परेकी छिन्। स्थानीयवासीले आज दिउँसो शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।

स्थानीय जितेन्द्र यादवका अनुसार मृतक युवती कर्जन्हा –१, बल्टिया निवासी अस्मिता बैध हुन्। यादवले बताएअनुसार, “करीब २ बजेतिर समुदाय विद्यालयको फिल्डको छेउमा युवतीको शव देखेपछि हामीले तुरुन्तै प्रहरीलाई सूचना दिएका थियौँ।”

सूचना पाएपछि घटनास्थलमा पुगेको प्रहरी टोलीले मुचुल्का प्रक्रिया पूरा गरी शवलाई पोष्टमार्टमका लागि पठाएको छ। प्रारम्भिक रूपमा मृत्युको कारण खुल्न बाँकी रहेको र पोष्टमार्टम रिपोर्ट तथा अनुसन्धानपछि मात्र वास्तविक कारण सार्वजनिक हुने प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस् !
सम्बन्धित खवर
ताजा समाचार !

धेरै पढिएको !