राजविराज, २६ मंसिर  । राजविराज २ स्थित लिटिल फ्लावर सेकेन्ड्री स्कुलको संस्थापिका स्व. यशोधादेवी देवको नाममा पुरस्कार कोष स्थापना गरी विगत १८ वर्षदेखी विद्यालयका संस्थापक देव परिवारले प्रतियोगिता तथा खेलकुद महोत्सवको आयोजना गर्दै आएको छ ।

यसैक्रममा उक्त विद्यालयको खेल मैदानमा विगत एक सातादेखी संचालन भइरहेको “यसोधादेवी देव मेमोरियल भलिबल रनिङ ट्रफी च्याम्पियनशीप तथा वार्षिक खेलकुद महोत्सव २०८२” शुक्रबार समापन भएको छ ।

महोत्सव अन्तरगत भलिबलका साथै विभिन्न खेलकुद प्रतियोगितामा विद्यालयका विद्यार्थीहरुबीच प्रतिस्पर्धा गराइएको थियो ।

बिद्यालयका संस्थापक प्रिन्सिपल डा. कमानन्द देवको अध्यक्षतामा आयोजित पुरस्कार बितरण समारोहमा प्रमुख अतिथि वडा अध्यक्ष अरुण यादव, नेपाल खेलकुद पत्रकार मञ्च सप्तरीका अध्यक्ष मनोज कुमार माझी, पूर्व वन अधिकृत हरिनारायण मण्डल, अभिभावक एवं सशस्त्र प्रहरीका सई जयराम मण्डल लगायतले बिजयी खेलाडीहरुलाई ट्रफी, सम्मान पत्र तथा नगद पुरस्कार प्रदान गरे ।

 

सो अवसरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष साण्डलीदेवी देवको पनि विशेष उपस्थिति रहेको थियो । सो अवसरमा विद्यालयका प्रिनिसपल डा. देवले शिक्षासँगै खेलकुदको विकास तथा विद्यालयस्तरबाट राष्ट्रका लागि स्तरिय खेलाडी उत्पादन गर्ने सोचका साथ यस्तो प्रतियोगिताको आयोजनालाई निरन्तरता दिइएको बताए ।

प्रतिक्रिया दिनुहोस् !
सम्बन्धित खवर
ताजा समाचार !

धेरै पढिएको !