सप्तरी २१ पुष । सेवानिवृत राष्ट्रसेवक कर्मचारी अनुभवको खानी भएको भन्दै यहाँ आयोजित एक कार्यक्रमका सहभागी वक्ताहरुले उनीहरुबाट वर्तमान तथा भावी पुस्ताका कर्मचारीले शिक्षा लिनु पर्नेमा जोड दिएका छन ।

सेवानिवृत कर्मचारीहरुको छाता संगठन पूर्व कर्मचारी सेवा परिषद नेपाल सप्तरीद्वारा सोमवार आयोजना गरीएको वार्षिक साधारण सभाका सहभागीहरुले यस्तो आवश्यक्ता औल्याएका हुन ।

कार्यक्रमको उदघाटन गर्दै प्रमुख अतिथी सहायक प्रमुख जिल्ला अधिकारी नरेश कुमार यादवले लामो अनुभव बटुलेर सेवानिवृत भएका राष्ट्रसेवक कर्मचारीहरु अनुभवको खानी भएको भन्दै उनीहरुबाट वर्तमान तथा भावी पुस्ताका कर्मचारीले शिक्षा लिई अघि बढन सके कार्यक्षमता र दक्षतामा मात्र बृद्धि न भई सेवाग्राहीलाई सहज सेवा र सुशासन कायम गर्न समेत मदत पु¥याउने विश्वास ब्यक्त गरे ।

कर्मचारी मिलन केन्द्रका अध्यक्ष मनोज यादवले सेवानिवृत कर्मचारी राष्ट्रको सम्पती भएको भन्दै उनीहरुको संरक्षण तथा राष्ट्रको निती निर्माणमा सहभागिता गराउनु पर्नेमा जोड दिए ।

 

समाजसेवी हितनारायण लालदासले सेवानिवृत कर्मचारी उमेरले बृद्ध भएपनि अनुभवले अझै यूवा नै भएको जिकिर गर्दै राज्य तथा कर्मचारीले उनीहरुको अनुभव र ज्ञानको सदुपयोग गर्नू पर्नेमा जोड दिए ।

पूर्वकर्मचारी सेवा परिषद नेपाल सप्तरीका अध्यक्ष चन्द्रदेव मेहताको अध्यक्षतामा आयोजित वार्षिक साधारण सभामा नेपाल पत्रकार महासंघका केन्द्रिय परिषद सदस्य मनोज कुमार माझी, सेवानिवृत पूवकर्मचारी सियालाल यादव,देवकान्त झा, सुगम्बर यादव, ज्येष्ठ नागरिक संघ सप्तरीका अध्यक्ष रामनरेश सिंह, डा.अनिल कुमार यादव लगायतले पनि आ–आफ्नो धारणा राखेका थिए ।

हितनारायण लाल दासद्वारा संचालित वार्षिक साभारणसभा कार्यक्रममा परिषदका महासचिव रामानन्द चौधरीले वार्षिक तथा कोषाध्यक्ष जगदिश मेहताले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा परिषदमा आबद्ध भएका नयाँ पूर्वकर्मचारीहरुलाई सदस्यता प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस् !
सम्बन्धित खवर
ताजा समाचार !

धेरै पढिएको !