जनकपुरधाम, २२ पुस । नेपाल प्राइभेट हस्पिटल एशोसियन धनुषाको उपाध्यक्षमा  हिरा यादव चयन भएका छन् ।

आइतबार जनकपुरधाममा सम्पन्न बैठकबाट यादव सर्वसम्मत उपाध्यक्षमा चयन भएका हुन् ।

यादव हिरा हेल्थकेयर हस्पिटलका सञ्चालक समेत हुन् । उनले आफ्नै लगानीमा जनकपुरधाममा सो हस्पिटल सञ्चालन गरिरहेका छन् ।

पछिल्लो समय जनकपुरधाममा अत्याधुनिक स्वास्थ्य सेवाको क्षेत्रमा सो हस्पिटल परिचित छन् । विभिन्न रोगका विरामीहरुलाई सहज, सरल र सुविधासहित सेवा दिइरहेको सो हस्पिटलका सञ्चालकले अब निजी स्वास्थ्य संस्थाको संरक्षणका लागि आफूले काम गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस् !
सम्बन्धित खवर
ताजा समाचार !

धेरै पढिएको !