जनकपुरधाम, २३ पुष । जनता समाजवादी पार्टी (जसपा) नेपालले राष्ट्रिय सभामा मधेश प्रदेशको ४ सिट मध्ये तीन सिटमा उम्मेदवारी दिने भएको छ ।

जसपा नेपालका केन्द्रिय सचिव शैलेन्द्र प्रसाद साहका अनुसार अल्पसंख्यक तर्फ सप्तरीका शैलेश चौधरी, महिला तर्फ सिरहाकी चन्द्रकला साह र दलित तर्फ धनुषाका चमेली देवी दासको उम्मेदवारी दर्ता गराउने निर्णय भएको छ ।

 

तीन जनाको पार्टी टिकट पठाइ सकिएको र केही बेरमै उम्मेदवारी दर्ताको तयारी भइ रहेको छ ।

प्रतिक्रिया दिनुहोस् !
सम्बन्धित खवर
ताजा समाचार !

धेरै पढिएको !