जनकपुरधाम, ३ माघ । मधेश प्रदेश नामकरण र राजधानी जनकपुरधाम निणर्य गरिएको स्मरणीय पावन दिवसको अवसरमा मधेश प्रदेश सभा जनकपुरधाम परिसरमा वृक्षारोपण कार्यक्रमको आयोजना गरिएको छ।
मधेश प्रदेश सभाका सभामुख रामअशिष यादबको विशेष उपस्थितिमा सम्पन्न भएको वृक्षारोपण कार्यक्रममा मधेश प्रदेशका प्रथम सभामुख तथा पुर्व मुख्यमन्त्री सरोज कुमार यादव, अर्थ मंत्री महेश प्रसाद यादव,श्रम तथा यातायात मंत्री मनिष कुमार सुमन, नेकपा माओवादी केन्द्र का उपनेता युवराज भट्टराई, नेकपा एमाले का प्रमुख सचेतक हरिनारायण महतो, नेपाली कांग्रेस का प्रमुख सचेतक कुमर कान्त झा,जनमत का प्रमुख सचेतक चन्दन कुमार सिंह, महिला विकास तथा समाजिक न्याय संसदीय समितिका सभापति रुपा यादव, अर्थ तथा योजना समिति का सभापति अनिता साह, प्राकृतिक श्रोत व्यवस्थापन समिति का सभापति सारदा दास पहाडी, जसपा नेपाल का सचेतक ममता मंडल, प्रदेश सभाका सचिव बासु प्रसाद कोइराला,पुर्व सचिव रंजित यादव सहितका प्रदेश सभा सदस्य तथा मधेश प्रदेश सभा सचिवालयका कर्मचारीहरुको सहभागिता रहेका छन्।
सदियौं देखि शोषित पीडित अवस्थामा रहेको मधेशको पहिचान स्थापित गर्न उद्देश्यले २०७८ साल माघ ३ गते मधेश प्रदेशको नामकरण र राजधानी जनकपुरधाम निणर्य गरिएको गौरवपूर्ण एतिहासिक स्मरणीय दिवसको अवसरमा वृक्षारोपण कार्यक्रमको आयोजना गरिएको कुरा मधेश प्रदेश सभा सचिवालयले जनाएको छ।





