जनकपुरधाम, ४ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका बरिष्ठ नेता बालेन्द्र शाह बालेन चुनावी उद्घोष कार्यक्रममा सहभागी हुन जनकपुरधाम आइ पुगेको छ ।

भोली माघ ५ गते जनकपुरधामको तिरहुतिया गाछीमा आयोजन हुने चुनावी उद्घोष कार्यक्रममा उनि सहितका नेताहरु सहभागी हुने छन ।

दिउसो विमान मार्ग बाट जनकपुर पुगेका बालेनलाई स्वागत गर्न जनकपुरधाम विमानस्थलमा रास्वपाका कार्यकर्ता एवं समर्थकहरुको बाक्लो भीड लागेको थियो ।

उनलाई स्वागत गर्न पुगेका समर्थकको भीडका कारण विमान स्थलको एउटा ढोका समेत फुृटेको छ । आज मात्रै काठमाण्डौ महानगरको प्रमुख बाट राजिनामा गरेका बालेन झापा ५ बाट चुनाव लडने घोषणा गरेका छन । जनकपुरधामको कार्यक्रम सकेर बालेन भोली नै झापा जाने कार्यक्रम रहेको पार्टीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस् !
सम्बन्धित खवर
ताजा समाचार !

धेरै पढिएको !