काठमाडौं, ६ माघ । नेकपा एमालेले मधेश प्रदेशका पूर्वमुख्यमन्त्री तथा महोत्तरी–४ का एकल सिफारिस उम्मेदवार सरोज कुमार यादव चुनावबाट व्याक भएका छन ।

नेकपा एमाले महोत्तरीका जिल्ला अध्यक्ष बलिराम यादवका अनुसार, पार्टीले अन्तिम समयमा निलम अधिकारीलाई टिकट दिएको जनाएको छ । अध्यक्ष यादवले भने, “सरोज कुमार यादवलाई पार्टीले ब्याक गरेर निलम अधिकारीलाई अघि सारेको छ। पार्टीको निर्णय सबैले मान्नैपर्छ। यसमा विवाद छैन।”

नेकपा एमालेका एक नेताले भने सरोजले अन्तिम समयमा पार्टीलाई धोका दिएको आरोप लगाएका छन्। उनका अनुसार, “सरोजजीको टिकट पहिले नै सुरक्षित थियो र नाम पनि घोषणा भइसकेको थियो। तर उनले चुनाव लड्नबाट अन्तिम समयमा पछाडि हटेर पार्टीलाई धोका दिनुभयो। पार्टीले उनलाई ब्याक गरेको कुरा गलत हो।”

सरोज कुमार यादव हाल नेकपा एमालेका मधेश प्रदेश संसदीय दलका नेता हुन्। उनी २०७९ सालको निर्वाचनमा महोत्तरी–४ (क) बाट निर्वाचित प्रदेशसभा सदस्य भएका थिए।

 

पार्टीभित्र टिकट वितरणको यस विवादले मधेश प्रदेशको राजनीतिक चर्चा बढाएको छ। सरोज यादव जस्ता अनुभवी नेताले टिकट पाउन नसक्दा निर्वाचन मैदानमा नयाँ उम्मेदवार निलम अधिकारीलाई अघि बढाउनुपर्ने स्थिति बनेको छ।

प्रतिक्रिया दिनुहोस् !
सम्बन्धित खवर
ताजा समाचार !

धेरै पढिएको !