काठमाडौं , १० माघ । विवादित सेयर कारोबारी दीपेन्द्र अग्रवाल नेकपा एमालेमा प्रवेश गरेका छन्। जनता समाजवादी पार्टी, नेपालका केन्द्रीय सदस्यसमेत रहेका अग्रवाललाई शनिबार एमाले मुख्यालय च्यासलमा आयोजित कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओली ले खादा र टिका लगाएर स्वागत गरेका छन्।
अग्रवालमाथि पहिले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान गरेको थियो। सीआईबीले उनलाई सेयर मूल्य कृत्रिम रूपमा बढाएको, झूटो कारोबार गरेको र मूल्य प्रभावित गर्ने कसुरमा पक्राउ गरेको थियो। यसबारे नेपाल धितोपत्र बोर्डले पनि अनुसन्धान अघि बढाएको थियो। करिब १० दिन हिरासतमा राखेर अनुसन्धानपछि अग्रवाललाई हाजिर जमानीमा रिहा गरिएको थियो।
अग्रवालले सस्तोमा सेयर खरिद गरी सामाजिक सञ्जालमार्फत लगानीकर्तालाई खरिद गर्न प्रेरित गर्ने र मूल्य तय गरेर बढाउने प्रचलन चलाउँदै आएका थिए। उनी सेयर खरिदपछि मूल्य बढाएपछि आफ्नो सेयर बिक्री गर्थे। यस विषयमा लगानीकर्ताले धितोपत्र बोर्डमा उजुरी गरेका थिए। बोर्डको अध्ययनले पनि अग्रवालले झूटो कारोबार र भ्रामक सूचना फैलाउने गरेको पुष्टि गरेको थियो।
उनले अन्य व्यक्तिका कारोबार खाता आफैं सञ्चालन गर्ने, ब्रोकरसँग तिर्नुपर्ने पैसा नतिर्ने, र एक व्यक्तिको खाता रकम अर्को व्यक्तिमा ट्रान्सफर गर्ने जस्ता कामसमेत गर्दै आएका थिए। यस कारण धितोपत्र बोर्डमा बारम्बार उजुरी परेको थियो।
एमाले प्रवेशपछि अग्रवालले राजनीतिक गतिविधिमा सक्रियता देखाउने चर्चा भइरहेको छ। पार्टी भित्र यो कदमले नयाँ राजनीतिक बहस सुरु गरेको छ भने लगानीकर्तामाझ भने उनको अयलतचयखभचकष्ब िपृष्ठभूमि विषय बनेको छ।





