महोत्तरी, ८ असार । महोत्तरीको बलबा नगरपालिका वडा नं. ३ पडौलमा अवस्थित श्री कारिक बाबा मन्दिरमा यस वर्षको अखारी पूजाका दिन खसी बाेका बलि दिने कार्यक्रम बन्द हुने भएको छ ।

परम्पराअनुसार प्रत्येक वर्षको असार महिनामा मन्दिरमा ‘अखारी पूजा’ मनाउने गरिन्छ। सोही परम्परा अनुसार यस वर्षको अखारी पूजा २०८३ असार ८ गते सोमबार पर्न गएको र सो दिन बरागन खसी बोकालाई बलि दिने कार्यक्रम स्थगित हुने जानकारी दिइएको हो ।

मन्दिरका पुजारीहरूले सूचना जारी गर्दै उक्त दिन गरिने बलि कार्यक्रम स्थगित गरिएको जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस् !
सम्बन्धित खवर
ताजा समाचार !

धेरै पढिएको !