काठमाडौँ, १० असार । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिका लागि ३८४ जनाले मनोनयन दर्ता गराएका छन् ।

पार्टीको निर्वाचन समितिले ९९ केन्द्रीय सदस्यका लागि हुने चुनावमा ३८४ जनाले उम्मेदवारी दिएको भन्दै प्रारम्भिक सूची प्रकाशन गरेको हो । तीमध्ये ८० जना महिला छन् ।

कार्यसूची अनुसार अब प्रारम्भिक सूचीमाथि दाबी विरोध र उजुरी माग गरिन्छ । त्यसमाथि छानबिन गरेर उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन हुन्छ । त्यसपछि मात्रै केन्द्रीय सदस्य चयनका लागि चुनाव हुने कार्यतालिका छ ।

प्रतिक्रिया दिनुहोस् !
सम्बन्धित खवर
ताजा समाचार !

धेरै पढिएको !