चितवन, १२ असार । राष्ट्रिय स्वतन्त्र पार्टीको जारी महाधिवेशनमा गुटवन्दी सतहमा देखिएपछि महामन्त्री पदका उम्मेदवार मनिष झाले आपत्ति जनाएका छन् ।

महामन्त्री पदका उम्मेदवारसमेत रहेका झाले पार्टीमा गुटबन्दीको प्रयास भएको दाबी गर्दै यसमा सङ्लग्नहरूलाई कारबाही गर्न सभापति रवि लामिछानेलाई आग्रह गरेका हुन् ।

आज महाधिवेशनस्थल चितवनमा पत्रकारहरुसँग कुरा गर्दै झाले भने, ‘संस्थापन पक्ष एकजुट हुनुभयो भने म यही माध्यमबाट आदरणीय रवि लामिछानेज्यूलाई अनुरोध गर्छु– यो गुटबन्दीको प्रयास गर्नेहरुलाई कारबाही गर्दिनुस् न ।’

अहिलेसम्म मतदाताको रेस्पोन्स आफूप्रति सकारात्मक पाएको भन्दै उनले निर्वाचन परिणाम आफ्नो पक्षमा आउने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस् !
सम्बन्धित खवर
ताजा समाचार !

धेरै पढिएको !