काठमाडौँ, १२ असार । नेपाल क्रिकेट सङ्घले आईसीसी विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्डस्को खेलका लागि नेपाली टोली घोषणा गरेको छ।

शुक्रबार क्यानले रोहित पौडेलको नेतृत्वमा नेपाली टोली घोषणा गरेको हो । टोलीको उपकप्तानमा दीपेन्द्रसिंह ऐरी रहेका छन्।

नेपाली टोलीमा सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, आरिफ शेख, गुल्सन झा, करण केसी, सोमपाल कामी, नन्दन यादव, भीम सार्की, अर्जुन कुमाल र विनोद भण्डारी रहेका छन्। त्यस्तै, सन्दीप जोरा, शहाब अलाम, हेमन्त धामी, आकाश चन्द र युवराज खत्रीलाई रिजर्भमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस् !
सम्बन्धित खवर
ताजा समाचार !

धेरै पढिएको !