मकवानपुर, २ साउन । मकवानपुर जिल्ला प्रशासन कार्यालयले हेटौंडाबाट काठमाडौँ जाने रात्रिकालीन सवारी सञ्चालनमा रोक लगाएको छ ।

भारी वर्षाको सम्भावनालाई मध्यनजर गर्दै जिप्रकाले रात्रिकालीन सवारी सञ्चालनमा रोक लगाएको हो ।

प्रहरीका अनुसार हेटौंडा–देउराली–कुलेखानी–फर्पिङ सडकखण्डमा शनिबार राति ८ बजेदेखि आइतबार बिहान ५ बजेसम्म सवारी आवागमन बन्द गरिएको छ।

त्यस्तै, कान्तिलोकपथ हुँदै जाने सवारीलाई शनिबार साँझ ६ बजेदेखि हेटौंडाको चौघडा बजारमा रोकिएको छ।

बाढी, पहिरो तथा अन्य विपद्को जोखिम बढ्न सक्ने भएकाले प्रशासनले यात्रु तथा चालकलाई अनावश्यक यात्रा नगर्न र सुरक्षाकर्मीको निर्देशन पालना गर्न आग्रह गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस् !
सम्बन्धित खवर
ताजा समाचार !

धेरै पढिएको !