सिरहा, १४ साउन । सिरहाको गोलबजारस्थित एबी मलमा तोडफोड तथा आगजनी भएको छ ।

सुनसरीमा भएका दुई समुदायबीचको तनाव अन्यत्र फैलिँदा सिरहाको गोलबजारमा पनि बिहानैदेखि प्रदर्शन भइरहेको थियो । सोही क्रममा प्रदर्शनकारीले सिरहा चर्चित सुरपमार्केट एबी मलमा तोडफोड र आगजनी गरेका हुन् ।

यो मल सिरहा सुपरमार्केटद्वारा सञ्चालित छ । प्रदर्शनले चर्को रूप लिन थालेपछि अहिले अवस्था तनावग्रस्त बनेको छ । सिरहाका विभिन्न ठाउँमा प्रशासनले कर्फ्यू आदेश पनि जारी गरेको छ ।

स्थिति नियन्त्रणमा लिने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस् !
सम्बन्धित खवर
ताजा समाचार !

धेरै पढिएको !