धनुषा, १४ साउन । सुनसरी घटनालाई लिएर जनकपुरधाममा भएकाे प्रदर्शनका क्रममा एक बालक घाइते भएका छन् ।
बिहीबार भएको प्रदर्शनका क्रममा जनकपुरधाम उपमहानगरपालिका–७ निवासी १२ वर्षीय आनन्द दास गम्भीर घाइते भएका हुन् । उनको अवस्था जटिल रहेकाले थप उपचारका लागि काठमाडौं लैजाने तयारी भइरहेको छ ।
आनन्दलाई हेलिकप्टरबाट काठमाडौँ पठाउने तयारी भइरहेको नेपाल रेडक्रस सोसाइटी धनुषाका सभापति पङ्कज महतोले जानकारी दिएका छन् । उनी कसरी घाइते भए भन्ने विषयमा थप अनुसन्धान भइरहेको छ।





