काठमाडौँ, १४ साउन । सुनसरी घटनाको विरोधमा तराई मधेशका विभिन्न जिल्ला अशान्त बनेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र मधेशकेन्द्रित दलका शीर्ष नेताहरूबीच छलफल भएको छ ।
सभापति लामिछानेसँग बिहीबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा छलफल भएको हो । बैठकमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुर, राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतो, जनमत पार्टी अध्यक्ष सीके राउतलगायतका नेता सहभागी भएका थिए ।
सुनसरीपछि मधेशका विभिन्न जिल्ला तनावग्रस्त भएपछि मधेसकेन्द्रित दलका नेताहरू दिउँसो आन्तरिक छलफलमा जुटेका थिए । त्यसपछि रास्वपा सभापति लामिछानेसँग उनीहरूले भेट गरेका हुन् ।
यसअघि लामिछानेले कोशी र मधेशका रास्वपा सांसदहरूसँग पनि छलफल गरेका थिए ।





