जनकपुरधाम, १४ साउन । सिरहाको गोलबजारमा भएको प्रदर्शनका क्रममा गोली प्रहारबाट एक युवाको मृत्यु भएको विषयमा छानबिन गर्न समिति गठन भएको छ ।

मधेश प्रदेश प्रहरी कार्यालयले एसपी भेषराज रिजालको कमान्डमा छानबिन समिति गठन गरेको हो । समितिमा इन्सपेक्टर यज्ञराज भट्ट र असई गोबिन्द झा सदस्य छन् ।

बिहीबार दिउँसो गोलबजारमा गोली लागेर ‌औरही गाउँपालिका–२ का २० वर्षीय गणेश यादवको मृत्यु भएको थियो । सुनसरीमा भएको साम्प्रदायिक घटनाकाे असर अन्य जिल्लामा पनि पर्न थालेपछि उच्च सुरक्षा सतर्कता अपनाइएको छ ।

विभिन्न जिल्ला स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ । थप धनजनको क्षति हुन नदिन ठाउँ ठाउँमा सेना परिचालन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस् !
सम्बन्धित खवर
ताजा समाचार !

धेरै पढिएको !