धनुषा, १५ साउन । धनुषाको रघुनाथपुरस्थित शिव मन्दिरमा एक जनाको हत्या भएको छ ।
गएराति सबैला नगरपालिका वडा नं १२ रघुनाथपुरमा ४५ वर्षीय बन्ठु राउत गडेरीको घाँटी रेटी हत्या भएको हो ।
उनी त्यस मन्दिरका पुजारी रहेको बताइएको छ । धनुषाको हँसपुर नगरपालिका–३ मलहनियाका स्थायीवासी गडेरी मन्दिरमा बस्दै आएका थिए । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस् !





