जनकपुरधाम, १५ साउन ।  राजर्षि जनक विश्वविद्यालयले एमबीए प्रथम वर्ष प्रथम सेमेस्टरका दुई विषयको परीक्षा  स्थगित गरेको छ।

राजर्षि जनक विश्वविद्यालय (आरजेयू) अन्तर्गत केन्द्रीय परीक्षा सञ्चालन तथा अभिलेख केन्द्रले शुक्रबार सूचना जारी गरी साउन १५ गते दिउँसो १२:०० बजेदेखि सञ्चालन हुने Marketing for Manager र Managerial Statistics विषयको परीक्षा विशेष परिस्थितिका कारण अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरेको जनाएको हो । विश्वविद्यालयले अर्को सूचना प्रकाशित गरी परीक्षाको नयाँ तालिका सार्वजनिक गर्ने जनाएको छ ।

यसअघि शुक्रबार नै त्रिभुवन विश्वविद्यालयले पनि तराई–मधेशका ११ वटा केन्द्रमा एमबीएको परीक्षा स्थगित भएको सूचना जारी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस् !
सम्बन्धित खवर
ताजा समाचार !

धेरै पढिएको !