जनकपुरधाम, १५ साउन । तराई–मधेशका जिल्ला अशान्त बनेपछि विभिन्न स्थानमा सद्भाव र्याली निकाल्न थालिएको छ । यसैक्रममा जनकपुरधाममा पनि सद्भाव र्याली निकाल्ने तयारी भएको छ ।
शुक्रबार जनकपुरधाममा बसेको सर्वपक्षीय बैठकले शनिबार सद्भाव र्याली निकाल्ने निर्णय गरेको हो ।
बैठकले विभिन्न धर्म, जाति, सम्प्रदाय र भाषाभाषीका नागरिकबीच आपसी सद्भाव कायम राख्न सद्भाव र्याली निकाल्न अनुरोध गर्ने, सामाजिक सञ्जाल सचेतना बढाउने, सामाजिक सञ्जालमा भएका पुरानो घटनाहरूलाई प्रचारमा नल्याउने, अशोभनीय टीकाटिप्पणी नगर्ने र धार्मिक सद्भाव कायम राख्न सबैले आ–आफनो ठाउँबाट पहल गर्ने निर्णय गरेको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले जानकारी दिएका छन् । र्याली जनकपुरधामको रेल्वे स्टेशनबाट भोलि बिहान ८ बजे निकालिने छ ।






