काठमाडौँ, १६ साउन । विश्वकीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जाको निधन भएको छ । बिहीबार पाकिस्तानको ब्रोड पिक हिमालमा गएको हिमपहिरोमा परी चर्चित आरोही पुर्जासहित अन्य दुई नेपालीको ज्यान गएको हो।

पुर्जाको कम्पनी ‘इलिट एक्सपिड’ले फेसबुकमार्फत् यसको पुष्टि गरेको छ। कम्पनीले अत्यन्तै गहिरो दुःख र भारी मनका साथ ब्रोड पिकमा गएको हिमपहिरोमा परी निर्मल ‘निम्सदाइ’ पुर्जाको दुःखद निधन भएको जानकारी गराएको छ। सोही आरोहण अभियानमा रहेका उनका विश्वसनीय सहयोगी तथा गाइडहरू पुरबहादुर गुरुङ (युक्त) र निमा शेर्पाको पनि मृत्यु भएको कम्पनीले जनाएको छ।

कम्पनीले जारी गरेको शोक वक्तव्यमा अकल्पनीय क्षतिको पीडालाई कुनै पनि शब्दले कम गर्न नसक्ने उल्लेख गरिएको छ।

पुर्जाको निधनसँगै विश्वले पर्वतारोहण क्षेत्रका एक महान् आरोही गुमाएको कम्पनीले जनाएको छ।

शनिबार बिहान ड्रोन सर्वेक्षणका क्रममा क्याम्प–१ नजिकै पाँचवटा शवहरू फेला परेपछि उद्धार टोली त्यसतर्फ प्रस्थान गरेको थियो। त्यसअघि नै तीनवटा शव बरामद भइसकेको थियो। खराब मौसम र भौगोलिक कठिनाइका बाबजुद मिङ्मा ग्याल्जे शेर्पा (मिङ्मा जी) र सिरबाज खानको नेतृत्वमा रहेको भू–उद्धार टोलीले घटनास्थलमा पुगेर मृतकहरूको पहिचान गरेको हो।

पूर्वब्रिटिस गोर्खा सैनिक समेत रहेका निर्मल पुर्जाले सन् २०१९ मा संसारका ८,००० मिटरभन्दा अग्ला १४ वटै हिमालहरू मात्र ६ महिना ६ दिनमा चढेर विश्व कीर्तिमान कायम गरेका थिए। उनको यो साहसिक कार्य ‘फोर्टीन् पिक्स नथिङ इज इम्पोसिबलु डकुमेन्ट्रीका रूपमा नेटफ्लिक्समा समेत निकै चर्चित छ।

प्रतिक्रिया दिनुहोस् !
सम्बन्धित खवर
ताजा समाचार !

धेरै पढिएको !