सिरहा, २९ साउन । सिराहामा कर्तव्य ज्यान मुद्दामा ४३ वर्षदेखि फरार रहेका एक प्रतिवादी पक्राउ परेका छन्।

पक्राउ पर्नेमा लक्ष्मीपुर पतारी गाउँपालिका–५ खरुक्याहीका ८० वर्षीय ठकाई यादव रहेका छन् । प्रहरीका अनुसार २०४१ वैशाख १ गते मन्दिरमा बोका चढाउने विषयमा विवाद हुँदा यादवसहित ११ जनाले रजिन्द्र यादवलाई कुटपिट गरी हत्या गरेका थिए ।

घटनामा संलग्न ठकाई यादवलाई अदालतले एक वर्ष कैद सजाय सुनाएपछि उनी फरार थिए । यादव आफ्नै गाउँको शिवमन्दिरमा पुजारीको भेषमा लुकिछिपी बसिरहेको अवस्थामा बिहीबार पक्राउ परेका हुन् ।

उनलाई जिल्ला अदालत सिराहामा बुझाइएको प्रहरीले जनाएको छ । घटनाका अन्य फरार प्रतिवादीहरूको भने मृत्यु भइसकेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस् !
सम्बन्धित खवर
ताजा समाचार !

धेरै पढिएको !