काठमाडौँ, ५ भदौ । भारत भ्रमणमा रहेको नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले दोस्रो एकदिवसीय अभ्यास खेलमा २४३ रनको लक्ष्य प्राप्त गरेको छ । नेपालले कर्नाटक राज्यस्तरीय टोली विरुद्ध खेलिरहेको हो ।

यस खेलमा पहिला ब्याटिङ गरेको कर्नाटकले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २४२ रन बनायो । उसका लागि शरथ श्रीनिवासले ४८, सहर्ष रेड्डीले ४३ रन, रितेश भट्कलले ३७, समर्थ श्रीनिवासले ३२ र फैजान खानले २० रन जोडे । नेपालका लागि बलिङतर्फ करण केसी र सन्दीप लामिछानेले समान तीन-तीन तथा हेमन्त धामीले दुई विकेट लिए ।

कर्नाटक विरुद्धको पहिलो अभ्यास खेलमा नेपाल ११६ रनले विजयी भएको थियो । नेपाली टोली अझै केही दिन भारतमा अभ्यास गरेपछि एसीसी प्रिमियर कप खेल्न मलेसिया प्रस्थान गर्ने तालिका छ । प्रिमियर कपको तेस्रो संस्करण भदौ १५ गतेदेखि सुरु हुनेछ । 

प्रतिक्रिया दिनुहोस् !
सम्बन्धित खवर
ताजा समाचार !

धेरै पढिएको !