गण्डकी, ५ भदौ । प्रधानमन्त्री बालेन्द्र साह पारिवारिक भ्रमणको सिलसिलामा आज अपराह्न पोखरा आइपुगेका छन् । माछापुच्छ्रे गाउँपालिका –६, अस्तामस्थित अन्नपूर्ण इकोभिलेज रिसोर्टमा उनको बास हुने बताइएको छ ।
प्रधानमन्त्री साह अस्ताम आइपुगेको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए ।
स्थानीयवासीले प्रधानमन्त्रीको भ्रमणले अस्तामवासी खुसी भएको प्रतिक्रिया दिएका छन् ।
प्रधानमन्त्रीको भ्रमणले यस क्षेत्रको पर्यटन प्रवर्धनमा महत्त्वपूर्ण टेवा पुग्ने अस्तामका पर्यटन व्यवसायीहरूको विश्वास छ । प्रधानमन्त्री साह परिवारका सदस्यसहित काठमाडौँदेखि सडकमार्ग हुँदै पोखरा आएका हुन् । शनिबार मुस्ताङ कार्यक्रमसमेत रहेको छ ।





