जनकपुरधाम, ६ भाद्र । अतिक्रमित जग्गा खाली गराउन जनकपुरधाममा डोजर चल्न सुरु भएको छ । पहिलो चरणमा पोखरी अतिक्रमण गरेर बनाइएका घर र टहराहरू भत्काउन सुरु भएको हो ।
शनिबार बिहानदेखि गिरनारी कुट्टीनजिक रहेको गोरधोइ पोखरीको अतिक्रमित डिल खाली गराउने कार्य भइरहेको छ । गुठी संस्थानले गत साउन १ गते अतिक्रमित जग्गा खाली गर्न सूचना निकालेको थियो ।
पोखरी अतिक्रम क्षेत्र खाली गर्न जनकपुरधाम नगर क्षेत्रमा शुक्रबार माइकिङसमेत गरिएको थियो । जनकपुरधामका अतिक्रमित ५० मध्ये सात वटा पोखरी पहिलो चरणमा अतिक्रमण मुक्त गराइनेछ ।





