रौतहट, ६ भदौ । रौतहटको गरुडा नगरपालिकाको दशौँ बजेट अधिवेशन तथा पन्ध्रौँ नगर अधिवेशन सम्पन्न भएको छ।

जनप्रतिनिधिबिचको विवादका कारण निर्धारित समयभन्दा करिब दुई महिना ढिलो गरी नगरसभा सम्पन्न भएको हो। लामो समयदेखि जारी राजनीतिक गतिरोध अन्त्य गर्न भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय तथा नगरपालिकाका कर्मचारीहरूले पहल गरेका थिए।

शुक्रबार सम्पन्न नगरसभाले आर्थिक वर्ष २०८३/८४ का लागि ८५ करोड ३७ लाख ८५ हजार ९९९ रुपियाँ ६० पैसाको बजेट पारित गरेको नगर प्रमुख कन्थमणि प्रसाद कलवारले जानकारी दिए। उपप्रमुख पुनमकुमारी चौधरीले आर्थिक वर्ष २०८३/८४ को नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरिन् ।

गरुडा नगरपालिकाले बजेट पारित गरेसँगै रौतहटका १८ स्थानीय तहमध्ये १७ वटाको नगरसभा सम्पन्न भएको छ। फतुवा विजयपुर नगरपालिकाको नगरसभा भने अझै हुन सकेको छैन।

प्रतिक्रिया दिनुहोस् !
सम्बन्धित खवर
ताजा समाचार !

धेरै पढिएको !