काठमाडौँ, ९ भाद्र । नेपाल सरकारले भोलि भाद्र १० गते मुस्लिम धर्मावलम्बीहरूलाई सार्वजनिक बिदा दिएको छ ।

गृह मन्त्रालयले मंगलबार सूचना जारी गर्दै बुधबार मोहम्मद जयन्तीको अवसरमा मुस्लिम धर्मावलम्बीहरूका लागि मात्र सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

वि.सं. २०८२ माघ १८ गतेको नेपाल राजपत्रमा प्रकाशित सूचना र मुस्लिम आयोगबाट प्राप्त जानकारीका आधारमा भोलि बिदा दिने निर्णय भएको गृह मन्त्रालयका सहसचिव तथा प्रवक्ता आनन्द काफ्लेले जनाएका छन् । त्यस्तै मधेश सरकारले पनि यस दिन मुस्लिम धर्मावलम्बीहरूलाई बिदा दिएको छ ।

प्रतिक्रिया दिनुहोस् !
सम्बन्धित खवर
ताजा समाचार !

धेरै पढिएको !