रसुवा । रसुवामाथि चीनको बिकट भूमिमा बनेको ताल फुटेको छ।
चीनको छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगम छेउमा बनेको ठूलो ताल फुटेको खबर आएको गोसाइकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङले जानकारी दिए।
‘२० मिनेटअघि मात्रै चिनियाँ पक्षबाट ताल फुटेको म्यासेज आएको छ,’ उनले नेपालखबरसँग भने। यो नयाँ ताल बनेको क्षेत्र रसुवागढीबाट १८ किलोमिटर माथि पर्छ।
जिल्ला प्रशासन कार्यालय रसुवाले पनि ताल फुटेको जानकारी गराएको छ।
चिनियाँ पक्षबाट ताल फुटेको जानकारी आएको रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले जानकारी दिएका छन्।
यही भदौ १० गते भोटेकोसीमा आएको भीषण बाढीले नेपालमा ठूलो जनधनको क्षति गरिरहेको अवस्थामा फेरि ताल फुटेको सूचना आएको हो।
नेपाल प्रहरीले पनि तिब्बतबाट ताल पुनः फुटेको जानकारी आएको जनाएको छ।
‘तिब्बततर्फबाट पानीको ड्याम पुनः फुटेको जानकारी प्राप्त भएको हुँदा उद्धार तथा राहत कार्यमा खटिनुभएका सम्पूर्ण सुरक्षाकर्मी, उद्धारकर्मी तथा सर्वसाधारणलाई सत्काल सतर्क रहन र सुरक्षित स्थानतर्फ जान अनुरोध छ,’ प्रहरीले जारी गरेको सूचनामा भनिएको छ।
bedste danske casino





