जनकपुरधाम, ७ भदौ । जनकपुरधाममा जनता समाजवादी पार्टी (जसपा) नेपाल निकट समाजवादी महिला संघले प्रदर्शन गरेको छ । शनिबार जनक चोकमा जसपाका महिला नेतृहरु सरकारविरुद्ध प्रदर्शनमा उत्रेका हुन् ।
गौर राइस मिल घटनामा सर्वोच्च अदालतले जसपा अध्यक्ष उपेन्द्र यादवमाथि छानबिन गर्न दिएको आदेशविरुद्ध उनीहरुले झाडु प्रदर्शन गरेका हुन् । जनकपुरधाममा जसपाका नेता तथा कार्यकर्ताहरुले आज छैटौं दिन पनि प्रदर्शन जारी राखेका छन् ।
जसपाका नेता तथा कार्यकर्ताहरुले परमादेश फिर्ता लिन, भूमि विधेयक फिर्ता गर्नसमेत माग गरेका छन् । गौर घटना राजनीतिक प्रतिशोध रहेको, राज्य सत्ताको दुरुपयोग भएको भन्दै नेता कार्यकर्ताहरुले नाराबाजीसमेत गरेका थिए ।
तत्कालीन माओवादी निकट प्रभु साहको व्यक्तिगत हठ र कायरताका कारण २०६३ चैत ७ गते गौर राइसमिल चौरमा भएको घटनामा २७ जनाको ज्यान गएको थियो ।
अगाडिदेखि नै तय भएको मधेसी जनअधिकार फोरम नेपालको कार्यक्रम विथोल्ने योजना तत्कालीन माओवादी नेता प्रभु साहले बनाएको थियो । मधेस आन्दोलन जारी रहेको अवस्थामा मधेसी जनताको आवाज दबाउन साहले सो योजना बनाएको माओवादी पार्टीले पनि घटनाको केहीदिनमै स्वीकार समेत गरेका थिए ।
त्यस्तै आन्दोलनबाट घटित घटनाका विषयमा तत्कालीन एसपी रमेश खरेलले भन्छन्, सो घटनामा प्रभु साहको नाम मुछिएको थियो । अदालतबाट उनको नाम हटाइएको हो ।
फोरमको कार्यक्रम रहेको भन्दै तत्कालीन रौतहटका प्रमुख जिल्ला अधिकारीले प्रभु साहलाई त्यहाँ कार्यक्रम नगर्न भनेको थियो । मधेसमा मधेसी जाग्यो भने आफ्नो क्रेज घट्ने डरले प्रभु साहले उपेन्द्र यादवलाई नै सिध्याउने योजना बनाएको थियो । तर, सो घटना स्थलमा फोरम अध्यक्ष उपेन्द्र यादव भने उपस्थित थिएन ।
तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईको आग्रहमा प्रहरी आइजीपी रवीन्द्र प्रताप सिंहले मलाई समेत रमेश तिमी एसएसपी बन्नु छैन । यो मुद्दा छाडिदेऊ भनेको भनेर पटक पटक मीडियामा बताइरहेका छन् ।





