जनकपुरधाम, २५ भाद्र ।  जनकपुरको बम कण्डमा दोषी ठहर भई जेलमा रहेका संजय साह (टकला) को जनकपुरस्थित घरमा राजनीति चहलपहल बढेको छ ।

उनलाई बधाई दिन शुभचिन्तकहरू घरमै पुगेका छन् । अहिले उनी कुनै पार्टीमा आबद्ध छैनन् । राजनीतिक दलकै नेताजस्तो उनलाई जनकपुरमा सम्मान मिलिरहेको छ ।

उनले आफू जेलबाट निस्कन नचाहेको तर युवाले जबर्जस्ती निकालेको बताएका छन् । भने, ‘मेरो जेल भुक्तानीको समय पूरा हुन लागेको थियो, २–४ महिनामा म निस्कने नै थिएँ, मलाई कुनै हतार थिएन ।’

यद्यपि सरकारले आफूलाई जेल फर्किन भन्यो भने तयार रहेको उनले बताएका छन् । आफू जेलबाट भागेर नआएको पनि उनले दाबी गरे । ‘जेनजीका युवा तथा त्यहाँका प्रशासनले जानुस् भनेपछि आएको हुँ,’ उनले भनेका छन् ।

आफू राजनीति प्राणी भएकाले राजनीति नै गर्ने तर अहिल्यै भने नगर्ने उनले बताएका छन् । ‘साथीभाइहरूसँग सल्लाह गरेर मात्र राजनीतिबारे सल्लाह लिन्छु,’ उनले भने, ‘म राजनीतिमा आएँ भने सेवाभावले मात्र आउँछु ।’

प्रतिक्रिया दिनुहोस् !
सम्बन्धित खवर
ताजा समाचार !

धेरै पढिएको !