जनकपुरधाम, २६ भाद्र । जेल जीवन बिताइरहनु भएका धनुषाका पूर्वराज्यमन्त्री सञ्जय साह आज (बिहीबार) ललितपुरको नख्खु कारागार पुगेका छन् ।
जेन–जी पुस्ताका आन्दोलनका कारण कारागारको अवस्था तनावग्रस्त बनेको थियो । कारागार प्रशासन, जेलर र आन्दोलनकारी समेतले कारागारको सुरक्षाको कारण देखाइ उनलाई कारागारबाट मुक्त गराएको थियो ।
उहाँ आउन मानेका थिएनन्, आन्दोलनको स्थिति र कारागारको अवस्था हेरेर आउनु भएको नवीन यादवको भनाइ छ । बिहीबार बिहानै
जनकपुरधामबाट हिँडेका साह काठमाडौंको गम्भीर अवस्थाका कारण काभ्रे प्रहरीको सुरक्षा लिई कारागार पुगेको यादवले जनाए ।
सामाजिक सञ्जालमा सञ्जय साह पक्राउ परेको भनेर आएको खबर झुठो रहेको नवीन यादवले बताए ।
उहाँ जनकपुरधाम आउँदा धनुषाका एसपी, सुरक्षा निकायको प्रमुखहरुसँग समेत भएको कुराकानीमा साहले नेपाल सरकार, गृहमन्त्रालय र कारागार विभागको सूचना आउने बित्तिकै कारागारमा हाजिर हुने बताएको थियो ।
सोहीअनुसार बिहीबार बिहानै उहाँ जनकपुरधामबाट कारागारको लागि प्रस्थान गर्नुभएको हो, सुरक्षा अवस्थालाई मध्यनजर गर्दै उहाँ काभ्रे प्रहरीको सुरक्षा लिई कागारार पुगिसक्नु भएको छ, युवा नेता नवीन यादवको भनाइ रहेको छ ।





