जनकपुरधाम, असोज ८ । नेपाली काँग्रेसले मधेश सरकारबाट आफनो समर्थन फिर्ता लिएको छ। पार्टी प्रदेश कार्यालयमा आज बसेको संसदीय दलको बैठकले सरकारबाट समर्थन फिर्ता लिदै मन्त्रीहरुलाई आजै फिर्ता लिने निर्णय गरेको हो ।
सरकारको नेतृत्व गर्ने दल जनमत पार्टीले नै सरकारबाट समर्थन फिर्ता लिइ सकेको अवस्थामा आफुहरुले समर्थन कायम राख्न उपयुक्त नहुने भन्दै सरकारबाट समर्थन फिर्ता लिने सर्वसम्मत निर्णय गरेको हो ।
काँग्रेसको समर्थन फिर्ता संगै सतिश कुमार सिंह नेतृत्वको सरकार धरापमा परेको छ ।
जेनजी आन्दोलनको क्रममा फेसबुके राजिनामा दिएका मुख्यमन्त्री सतिशकुमार सिंहले आन्दोलन सेलाए लगतै राजीनामा नदिने अडान पछि जनमत पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै विपक्षी दलको भूमिकामा जाने निर्णय गरेको थियो। गत भदौ २८ गते जनमतले प्रदेश प्रमुखको कार्यालयमा समर्थन फिर्ताको पत्र बुझाएको थियो।





