भागचरण यादव
जनकपुरधाम १५ मंसिर । जनकपुरधाम उपमहानगरपालिका–१४ स्थित श्री माध्यमिक विद्यालय सोहनी मुजेलियामा १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान अन्तर्गत जागरूकता कार्यक्रम सम्पन्न भएको छ। दलान नेपालका प्रतिनिधि धर्मानन्द ठाकुरले सञ्चालन गरेको उक्त कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई लैङ्गिक हिंसा, यसका प्रभाव तथा न्यूनिकरणका उपायहरू बारे विस्तृत अभिमुखीकरण प्रदान गरिएको थियो।

“प्रविधिको सही प्रयोग गरौँ: लैङ्गिक हिंसा अन्त्य गरौँ” नारासहित आयोजित कार्यक्रममा Good Touch & Bad Touch को पहिचान तथा बालबालिकाले दैनिक जीवनमा ध्यान दिनुपर्ने सुरक्षा उपायहरूबारे विशेष रूपमा प्रशिक्षण दिइयो। साथै, विद्यमान डिजिटल युगमा बढ़्दो अनलाइन वा डिजिटल हिंसाबाट जोगिन आवश्यक सचेतना, सतर्कता र सावधानी अपनाउने तरिकाहरूसमेत विद्यार्थीहरूलाई जानकारी गराइएको थियो।

कार्यक्रमका सहभागी विद्यार्थीहरूले सजग र सुरक्षित समाज निर्माणका लागि सूचना तथा प्रविधिको जिम्मेवार उपयोग, लैङ्गिक हिंसा विरुद्ध अवाज उठाउने साहस, र आफू तथा अन्यको सुरक्षामा योगदान पुर्याउने प्रतिबद्धता जनाएका थिए।

१६ दिने अन्तर्राष्ट्रिय अभियानलाई स्थानीय तहमा प्रभावकारी रूपमा कार्यान्वयन गर्ने उद्देश्यसहित आयोजित उक्त कार्यक्रम दलान नेपाल, धनुषा को सक्रिय समन्वयमा सम्पन्न भएको विद्यालय प्रशासनले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस् !
सम्बन्धित खवर
ताजा समाचार !

धेरै पढिएको !